इश्तियाक राईसँग प्रतिस्पर्धा भन्दै विभिन्न कोणबाट समाचार प्रकाशन

नेपालगन्ज । प्रतिनिधि सभा निर्वाचनको मतदान गर्न तीन दिन बाँकी रहदा बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरु बिच तिब्र प्रतिस्पर्धा भन्दै समाचार प्रकाशित भैरहेका छ। बिशेश गरि नेकपा(एमाले)का उम्मेदवार पुर्व मन्त्री समेत रहेका मोहम्मद इश्तियाक राई सँग अन्य पार्टी निकस्ट्स्थ सञ्चारकर्मीले समाचार लेख्दै उम्मेदवार लाई  चर्चामा ल्याउन  खोजेका छन।

त्यस्तै प्रेस युनियनमा आवद्व सञ्चारकर्मीहरुले लेखे,´इस्तियाकलाई टक्कर दिंदै सुधान्शु ।`

प्रेस सेन्टरसँग आवद्व रहेका सञ्चारकर्मीहरुले लेखेका छन्, ´इस्तियाक र दिपेन्द्र विष्टकाे कडा टक्कर ।

रास्वपा समर्थितले पनि ´इस्तियाक र विवेक श्रेष्ठबीच प्रतिस्पर्धा` भन्दै समाचार लेखिरहेका छन ।

नेपालगन्जका मिडिया र सामाजिक सञ्जालमा देखिएका यी र यस्ता समाचार हेर्दा बाँके क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार इस्तियाक राई धेरै बलियाे मात्र हैन धेरै मतान्तरले बिजयी हुने सबैले स्वीकार गरेको देखिन्छ । पुराना नयाँ पार्टी समर्थित सञ्चार माध्यमले मोहम्मद इस्तियाक राई सँग प्रतिस्पर्धा भन्दै उम्मेदवारको नाम जोड्दै समाचार लेख्नुले आफ्नो उम्मेदवार लाई स्थापित गर्न वा चर्चामा ल्याउन  बाहेक अरु जित्ने आधार प्रस्तुत गरेको देखिदैन ।

इस्तियाक राई बिकास र  आधुनिक नेपालगन्ज निर्माताको रुपमा ´ब्रान्ड` हुन् । त्यसमा पनि बलियाे र अनुशासित नेता तथा आमरुपमा साझा अभिभावकको रुपमा स्थापित छ्न । बाँकेमा इस्तियाकले गरेकाे विकासले उनकाे उचाई धेरै माथि पुर्याएकाे छ । व्यक्तित्व हेर्दा अरु भन्दा सशक्त मात्रै छैनन्, अरुले याे काम गर्छु, त्याे काम गर्छु भनिरहदा उनले आफूले गरेकाे काम देखाएर प्रमाणित कुरा गरिरहेका छन् ।

इस्तियाकले बाँकेलाई समृद्ध गराउने आफ्नाे अभियान र सपनालाई साकार गराई दिन अनुराेध गरिरहेका छन् । मतदाताले पहुँच र क्षमता भएका उम्मेदवारलाई राेज्ने मुड बनाइरहदा इस्तियाककाे विकल्प अरु उम्मेदवार हुन सकेका छैन ।