चोलेन्द्रले नाम लिएका वकिलहरुसँग महाअभियोग सिफारिस समितिको छलफल सुरु

३० भदौ २०७९ काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्ने क्रममा समितिले सोधपुछका लागि वरिष्ठ अधिवक्तालाई बोलाएको हो । बयान दिने क्रममा जबराले उनीहरुलाई मुछेका थिए ।

समितिले सोधपुछका लागि बोलाएपछि अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, लीलामणि पौडेल, शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र ओमप्रकाश अर्याल बैठकमा उपस्थित भएका छन् । राणाले आफूमाथि लागेको आरोपको जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ताहरूमध्ये केहीले न्यायाधीश माग गरेको र केहीले मुद्दामा सहयोग मागेको भन्दै उनीहरुलाई देखाएका थिए । समितिले प्रधानन्यायाधीश जबराले लगाएको आरोपबारे उनीहरुसँग सोधपुछ गरिरहेको छ । यसअघि पूर्वप्रधानन्यायाधीश र बहालवाला न्यायाधीशले भने समितिलाई बयान नदिने भन्दै इन्कार गरेका थिए ।