
नेपालगन्ज । बाँकेमा अत्याधिक चिसोले जनजीवन कष्टकर भएको छ । चिसोले गर्दा नेपालगन्ज उप-महानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाले तीन दिन बिदा दिएको जानकारी दिए । मौसम प्रतिकुलताले गर्दा शितकालिन बिदाबाट कट्टा हुने गरि बिद्यालय बिदा दिएको बताए बुधबार ९ गते देखि ११ गते सम्म बिदा दिएको बताए ।
यस्तै खजुरा गाउँपालिकाले पनि चिसोका कारण दुई दिन बिदादिएको खजुरा गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले बालबालिकाको स्वास्थ्य, सुरक्षालाई ध्यानमा राखी ९ र १० गते बिद्यालय बिदा दिएको शाखा अधिकृत खगेन्द्र बहादुर मल्ल जानकारी दिए ।
अत्याधिक चिसो तथा शितलहरले गर्दा बालबालिका लाई विद्यालयमा पठाउन समस्य भएकोले पनि अभिभावकले बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।




सन्तोष कुमार बिष्ट । ९ माघ २०८१, बुधबार १०:२५