
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा यसको मातहतका ट्राफिक प्रहरी पोष्टहरूले आज मिति २०८२ साल बैशाख ३० गते महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, रत्न राजमार्ग, तथा जिल्लाभरिका विभिन्न भित्री सडकखण्डहरूमा सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रम अन्तर्गत विद्यालयहरूमा विद्यार्थीसँगै शिक्षकहरूलाई समेत लक्षित गर्दै ट्राफिक नियम तथा लेन अनुशासनबारे जानकारी दिइएको थियो। साथै चालक, सह-चालक, सवारीधनी, सर्वसाधारण तथा सडक प्रयोगकर्ताहरूलाई समेत सवारी दुर्घटनाका मुख्य कारण र त्यसबाट जोगिन सकिने उपायहरूबारे सचेत गराइएको थियो।
प्रहरी सहायक निरीक्षक मयलाल धितालका अनुसार “चालक तथा यात्रुहरुलाई लेन अनुशासन, सवारी चलाउँदा अपनाउनुपर्ने सतर्कता, हेलमेट र सिट बेल्टको प्रयोग, गति सीमा नाघ्दा हुने दुर्घटनाका जोखिम लगायत विषयहरूमा जानकारी दिइएको हो ।”
सडक सुरक्षालाई प्रभावकारी बनाउँदै दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमलाई स्थानीयवासी, विद्यालय परिवार तथा यात्रुहरूले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।




सन्तोष कुमार बिष्ट । २ जेष्ठ २०८२, शुक्रबार २०:२१