
काठमाडौँ । नेकपा (एमाले) का नेता ऐन महरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दर्ता गरेको छ। सोमबार जिल्ला सरकारी वकिल कार्यालयले महरमाथि सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरेको आरोपमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम साइबर अपराध अन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
महर अदालतमा उपस्थित भएपछि उनलाई थुनामा पठाउने कि धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्ने विषयमा अदालतले निर्णय गर्नेछ। यसअघि गत भदौ ११ गते सरकारी वकिल कार्यालयले उनलाई हाजिरी जमानीमा छाडेको थियो।



बिहानीको तारा । १७ भाद्र २०८२, मंगलवार १५:३५