सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

२१ असोज २०७९ काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए ।जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ ।