आफुलाई सामाजिक अभियान्ता बताउने आशिका तामाङ पक्राउ

 

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ  ।  बुधबार दिउँसो प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको हो  । काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।