
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीले बुझाइने उनले बताए ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेश सभामा कुल ५३ जना सांसदहरू छन् । जसमध्ये नाउपाका ७ सांसदहरू छन् ।
वर्तमान सरकारलाई बहुमतका लागि २७ सांसदको आवश्यक पर्छ । तर कांग्रेसका १८ र सभामुखबाहेक एमालेका ११ जना सांसदहरू छन् । जसका कारणले नाउपाको समर्थन फिर्ताले वर्तमान सरकारलाई कुनै असर गर्दैन । कांग्रेस नेतृत्वको सरकारलाई एमाले र नाउपाको समर्थन थियो ।
प्रदेश सभामा माओवादी केन्द्रको १०, (दीर्घ सोडारी निलम्बन बाहेक) नेकपा एकीकृत समाजवादीका ३, स्वतन्त्र र राप्रपाको १/१ सांसद छन् ।



बिहानीको तारा । २० असार २०८२, शुक्रबार १५:०१