बाँकेका आदेश अग्रवाल लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त

नेपालगन्ज । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बाँकेका आदेश कुमार अग्रवाल नियुक्त भएका छन ।

मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार र जनता समाजवादी पार्टीबाट बाँकेका आदेश कुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए।

सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।