नेकपा(माओवादी केन्द्र)बाँके जिल्लाका सात पालिका अधिवेशन सम्पन्न 

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाँके जिल्लाका सात पालिका अधिवेशन सम्पन्न भएका छन । पौष १२ गते बाट सुरु भएको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्दै सम्मेलन भब्य रुपमा सम्पन्न गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए । खजुरा गाउँपालिका समितिको अधिवेशन केही दिनमै गरिने बताए

उनका अनुसार यस पटकको अधिवेशन आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यास अर्थात निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरिएको र यसले पार्टीमा नेता कार्यकर्तामुखी हुनु पर्ने बेला भएको बताउँदै कार्यकर्ताले आफै भोट हालेर नेता चुनेकाले यस पटक पुर्णरुपमा लोकतान्त्रिक पद्धतिको प्रयोग भएकोले नेताकार्यकर्ता खुशी भएको बताए ।

यस्तै  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उप-महानगरपालिका अध्यक्षमा प्रेम ब.शाह निर्वाचित भए भने कोहलपुर नगरपालिका अध्यक्ष बल बहादुर खड्का, राप्ती सोनारी गाउँपालिका अध्यक्ष जनक थारू, बैजानाथ गाउँपालिका अध्यक्ष जय बहादुर बि.क., जानकी गाउँपालिका अध्यक्ष प्रकाश नेपाली, डुडुवा गाउँपालिका अध्यक्ष मनबिर थापा र नरैनापुर गाउँपालिका अध्यक्ष साबिर अलि मुकेरी निर्वाचित भएको जेम्सले बताए ।