नेपालगंज ९ काे समावेशी टोल लाई नमुना टोल घोषणा

१३ पुष २०७९ नेपालगंज । नेपालगंज उप-महानगरपालिका वडा नं. ९ स्थित समावेशी टोल लाई नमुना टोल घोषणा गरिएको छ । गेरुवा ग्रामीण जागरण संघको सहजीकरणमा कार्यक्रम गरिएको वडा सदस्य सिमा के.सी ले बताउनु भयो । नमुना टोल घोषणा गर्न दिगो बिकास लक्ष्य अन्तर्गत सम्पूर्ण मापदण्ड पुरा गरे पूर्ण सरसफाई टोल घोषणा गर्न सकिने जागरण संस्थाका प्रतिनिधिले कार्यक्रममा बताए । कार्यक्रममा स्वागत मन्तब्य समावेशी टोलकी सदस्य सुष्मा चौधरीले गर्नु भएको थियो । कार्यक्रममा टोलको प्रतिवेदन टोल सदस्य कुलाराम चौधरी प्रस्तुत गर्नु भयो । बरिष्ठ अधिवक्ता टिका जंङ सिंहले समावेशी टोल नमुना टोल बनाउन टोलबासीको अतुलनीय भूमिका एकता भएको र सबैको संघर्षपंर्ण योगदानले नमुना टोल घोषणा गर्न सम्भव भएको बताउनु भयो । कार्यक्रममा उप-महानगरपालिका सरसफाई शाखा प्रमुख प्रकाश डिसीले नगर सरसफाई र स्वच्छ  बनाउन आफ्नो तर्फबाट हुने सम्पूर्ण सहयोग हुने बताउनुभयो ।

प्रमुख अतिथि मेयर प्रशान्त बिष्टले नगरको सरसफाईमा आफ्नो पूर्ण सहयोग रहने र आफु पनि सरसफाईको बिषयमा जानकार रहेको पनि बताउनु भयो । नगर सरसफाईको लागि आफ्नो ड्रिम प्रोजेक्ट तयारी गरिरहेको समेत बताउनुभयो । सरसफाईमा सबै आ-आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा सरसफाईमा योगदान पुर्याउने टोलका बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षतामा वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले गर्नुभएको थियो ।