‘प्रचण्ड’ मंगलबार जुम्ला आउँदै

१९ कात्तिक २०७ जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्तिक २२ गते मंगलबार जुम्ला आउने कार्यक्रम तय भएको छ। गठबन्धनको चुनावी शभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड जुम्ला आउने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) जुम्लाका पार्टी संयोजक विरबहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार चुनावी सभामा गठबन्धन नेताहरू पनि सहभागी हुनेछन्। चुनावी शभा कार्यक्रम जुम्ला सदरमुकाममा अवस्थित सिमाचौरमा हुनेछ ।