युवा नेतृ तृष्णा स्यानताङ लामा पुर्न: माओवादी केन्द्रमा प्रवेश

२६ फागुन २०७८ नेपालगन्ज । माओवादी केन्द्र पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गरेकी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ की महिला नेतृ तृष्णा स्यानताङ लामा पुनः माओवादी केन्द्र आफ्नै घरमा फर्किनु भएको छ । नेतृ लामा बिहिवार राप्तिसोनारी-६ सहिद स्मृति पार्कमा आयोजित एक कार्यक्रमबीच पुनः आफ्नै घर माओवादी केन्द्रमा फर्किनु भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अमर खड्काले जानकारी दिनुभयो । नेतृ लामालाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला संयोजक आइपी खरेल, प्रदेश सदस्य अमर खड्का, पट्टु थारु, मन्जु रोकाय, गाउँपालिका अध्यक्ष चिमबहादुर घर्ती लगायत मार्फत स्वागत गरिएको छ ।

युवा नेतृ लामाले केही समय पहिले पार्टी प्रति आफ्नो केही असन्तुष्टि रहेको भन्दै माओवादी छाडेर काँग्रेस प्रवेश गरेको बताउनु भएको थियो । राप्तीसोनारीको राजनितीमा महिला नेतृ लामाको ठूलो प्रभाव रहेको स्थानीय बताउँछन् । नेतृ लामा संगै नेपाली कांग्रेस परित्याग गरि सुन्दरी थारु, पिनि थारु, निर्मा थारु, रामदिन थारु, सुरेन्द्र चौधरी, रामलखन थारु, पृथ्वी थारु लगायत दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका  नेकपा (माओवादी केन्द्र) राप्तीसाेनारी गाउँपालिका सचिव सुर्यप्रकाश घर्तिले बताउनु भयो ।