
४ भदाै २०७९ नेपालगंज । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्म निर्माण गरिने पाँचवटा आकाशे पुर र अस्फाल्ट सडक ओभरले आयोजनाको नेपालगंजमा शिलान्यास गरेका छन् । मन्त्री राईले दुबै आयोजनाको धम्बोझी चोक र राँझा चोकमा छुट्टाछुट्टै कार्यक्रममा शिलान्यास गरेका हुन् ।
मन्त्री राईले आफु बाँकेबाट दुई पटक सांसद र तीन पटक मन्त्री भएको अवधीमा विकासका कामहरुको उल्लेख गरे । शहरी विकास मन्त्री भएको बेला ५२ वटा सडक निर्माण गराएको, ५२ वटा हाइमास्ट लाइट जडान गराएको, भेरी अस्पतालका लागि अत्याधुनिक भवन निर्माण शुरु गराएको, विभिन्न धार्मिक तथा सामाजिक स्थलहरुको निर्माण तथा जिर्णोद्धार गरेको लगायत विकासका कामहरु गरेको स्मरण गराए । अझै केही समय बाँकी रहेकोले बाँकेका लागि धेरै विकास योजना ल्याउने विश्वास दिलाउँदै मन्त्री राईले क्षेत्र नं. २ मात्र नभई आफु समग्र जिल्लाका लागि काम गरिरहेको बताए ।



सन्तोष कुमार बिष्ट । ४ भाद्र २०७९, शनिबार १९:५०