मेरो एम.वी.बी. एस पढ्ने सपना !

मनोज थापा

पढेर के बन्ने ? सवैको उत्तर हुन्छ डा, ईन्जिनियर अनि पाईलट बन्ने भन्ने उत्तर आउछ । मेरो पनि सपना थियो कि पढेर डा बन्ने तर मेरो सपना साकार गर्न पनि गारै थियो पारिवारीक साधारण परिवारमा जन्मेको । एम बी बी एस प्रवेश परीक्षामा प्रतिस्पर्धा गर्नकाे लागि काठमाडौं का महङगा कलेज पढिरहेका तुलनामा भ्यालि बाहिर पढेर चिकित्सा शिक्षा आयाेगले लिईएकाे परिक्षामा नाम निकाल्न म जस्ताे साधारण परिवारमा जन्मेकाे मान्छेलाई गाराे नै थियाे !

म कक्षा १२ मा पढिरेको बेला मेरो गाँउपालीकाले पातारासीमा एमबीबीएस पढाउने सभाबाट पारित भई तत्कालिन अध्यक्ष लक्षिमन बोहोर उपाध्याध्या पुन्नकली बुढा र प्रशासकिय अधिकृत टेकबहादुर बुढा र सोही समयका तत्कालिन अन्य जनप्रतिधिहरुको निर्णय अनुसार गाउपालीकाले एमबीबीएस लगायता प्राविधिक विषय पढाउने निर्णय गरेको थियो सोही समयमा एकजना अग्रज दाई नविन रेउले छनौट भई पढिरहनु भएको थियो  चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको सूचना प्रकाशित भएपछि छात्रावृतिमा नभएपनि पुर्ण शुल्कमा भएपनि कोशिश गछू कारण मेरो गाउपालिकाले छात्रावृति दिन्छ भनेर मनमा अनेक कुराहरु खेलाईरहेका थिए  ।

म पनि पक्कै प्रवेश परीक्षामा एक चोटि कोशिस कोशिस गर्छु सो पूर्ण शुल्कमा भएपनि निस्केपछि बुवाको पढाएर डा बनाउने सपना पुरा हुन्छकी भनेर  त्यही बेला त्रिभुवन विश्वविद्यालय कृर्षि तथा बन विज्ञान अध्ययकन संस्थानले प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको थियो सोही बेला छात्रावृतिमा नाम निस्कीएको थियो सोही भर्ना चलिरहेको बेला चिकित्साशिक्षा आयोगले सानोठिमी भक्तपुरले लिईएको प्रवेश परीक्षाको सूचना प्रकाशित भयो मैले प्रवेश परीक्षामा नाम निस्कीयो मैले निधो गरे की एम बी बी एस मा नेपालमा पूर्ण शुल्कमा पढ्न पाई हालिन्छ भन्ने लागेको थियो सोही वेला मैले छात्रवृतिमा निस्केको परीक्षामा B.Sc.Ag.मा भर्ना गरिन मलाई विश्वास थियो चिकित्सा शिक्षा आयोगले लिईएको परीक्षामा BDS, MBBS को प्रवेश परीक्षामा नाम निस्केकोमा BDS मैले गर्छु भनेको थिए तर मेरा पुजनिय बुवा, आदरणिय अंकल विरेन्द्र खड्का, मामाहरु पदम बुढा, सुर्य बहादुर बुढा, ई.कुशल बुढा  र अंकल लोक थापा मेरा अन्य हितैसीहरु सल्लाहपछि आफन्तहरुले एमबीबीएस पालिकाले छात्रावृतिमा पढाई हाल्छ अपुग भएमा हामीले सहयोग गरौला भन्ने ति उत्पे्ररणाका शव्दहरुले मैले म्याचिङ्ग भरे सो समयमा म्याचिङ्गमा भाग लिइएपछि बजेट जम्मा गर्न र भर्ना नगरेमा कार्यवाही हुन्छ भन्ने पनि सुनेको थिए । मेरो ईच्छा एमबीबीबीएस मा थियो तर मैले घरमा बुवालाई अलि जिद्धी गरेको थिईन किनकी भर्ना गर्दा धेरै रुपैया कसरी जोखो गर्नु हुन्छ भनेर मैले बीडीएस पढ्छु भने तर बुवाको धोको थियो एमबीबीएस नै पढाउने जोखो गरेर भएपनि पढाईहाल्छु भन्नु भयो अनि मैले भर्ना गर्न म्याचिङ्गमा नाम रहेको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्पन्धन प्राप्त जानकी मेडिकल कलेजमा भर्ना गरे पालिकाको १० औ सभाको निर्णय अनुसार २ जना सम्मलाई पढाउने निर्णय गरेको थियो सोही अनुसार हाल पालिकाले बर्षेनी ७ लाखका दरले सहयोग गरेको रुपैयाले मलाई यो राहत भएको छ मेरो पढाईमा आर्थिक सापटी दिएर सहयोग गर्ने आफन्तहरुलाई विशेष धन्यवाद ।

५ बर्षे पढाईसँग चुनौति पक्कै पनि धेरै रहेको छन् एकत पढेर उतिर्ण गर्नु अनि उतिर्ण भई सकेपछि आफुलाई लगानी गरेको पालिकामा सेवा गर्न । तै पनि म खुशी छु यो लगानी खेर जान दिने छैन मैले एमबीबीएस उतिर्ण  गरिसकेपछी म त्यो पातारासीमा गाउपालीकामा सेवा गर्नेछु भन्ने सपना देखिरहेको छु । मेरो सपना देख्नमा महत्वपूर्ण भूमीका खेल्ने तत्कालिन अध्यक्ष लक्षिमन बोहोरा, उपाध्याक्ष पुन्नकली बुढा र प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुड्थापा सोही समयका जनप्रतिधिहरु जस्ले एमबीबीएस पढाउने कानुन बनाउनु भयो विशेष धन्यवाद दिन चाहान्छु वर्तवान अध्यक्ष पूर्णसिह बोहरा, उपाध्याक्ष जनमायाँ रोकाया प्रमुख प्रशासकि अधिकृत लोक बहादुर रावल लगायतका जनप्रनिधिहरुलाई जस्ले कार्यान्वयन गर्नु गर्नुभएकाे छ  मेरो सपना, मेरा आफन्तको सपना साकार मात्र होईन सिटामोलको चक्की नपायर छट्पटीरहेका जुम्लाका आमा बुबाहरुलाई अध्ययन पश्चात तपाईहरुको घरदैलोमा आउएर सेवा गर्नु प्रण गर्दछु ।  गाउँपालिकाकाो सपनाको सारथी पक्कै बन्नेछु ….

लेखक :- पातारासी गाउँपालीका वडा नं ७ जुम्ला हाल जानकी मेडिकल कलेज, रामदैया भवाडी, धनुषा, एम.बी. बी. एस. दाेश्राे वर्ष मा अध्यायनरत हुनु हुन्छ ।