अ ने म संघ (क्रान्तिकारी)नेपालगन्ज अध्यक्षमा मिना डाँगी निर्वाचित

२८ फागुन २०७८ नेपालगंज । अ ने म संघ (क्रान्तिकारी)नेपालगन्ज उप-महानगर कमिटीको दोस्रो नगर सम्मेलनले अध्यक्षमा  मिना डाँगी लाई निर्वाचित गरेकाे छ । अ ने म संघ (क्रान्तिकारी) नेपालगन्ज उप-महानगर कमिटी ५१ सदस्यीय बनाएकाे छ जसमा १३ जना पछि मनाेनित गर्ने गर्नेछ जसमा उपाध्यक्षमा मञ्जु ज्ञावाली, सिमा कौशोधन वैश्य, सचिवमा इश्वरी रावत,सह-सचिवमा गुन्जु राना, साइमा शेष,कोषाध्यक्ष उमा पौडेल लगाएत पदाधिकारीहरु र सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उप-महानगर कमिटीले संगठन सुदृढ तथा विस्तार अभियान संचालन गरी रहेकाे छ । पार्टी निर्माण लाई ब्यवस्थापन गरी सम्पुर्ण नेता कार्यकर्ताहरु लाई स्थानीय चुनावकाे तयारीमा जुट्न निर्देशन समेत दिएइएको छ ।