
नेपालगन्ज । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–१४ भवनियापुरबाट एक युवक लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति भवनियापुर बस्ने १८ वर्षीय सुनिल खटिक रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
प्रहरीका अनुसार खटिकलाई शंका लागि चेकजाँच गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको धुलो पदार्थ फेला परेको हो। बरामद पदार्थको शुद्ध तौल १०३ ग्राम ९०० मिलिग्राम रहेको र उक्त पदार्थ नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दीपक पातलीले जानकारी दिए।
पक्राउ परेका खटिकमाथि लागू औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले उनीमाथि लागू औषध (नियन्त्रण) ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।



बिहानीको तारा । २२ जेष्ठ २०८२, बिहीबार १७:२५