बाँके । नेपालभर माघ २५ एक साथ प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र `सारंग´ को कथाबस्तु पारिवारिक र बालमनोबिज्ञानमा आधारित चलचित्र हो ।
चलचित्रमा नायक उत्पल झाले जिवन्त अभिनय गरेका छन । कथामा डुबेका छन, आफ्नो भुमिका जिवन्त बनाएका छन ।
यस्तै बाँकेको नेपालगन्ज सिने रोयल हलमा `सारंग´ फिल्म चलिरहेको छ । माघ २९ गते ३ बजेको `शो´ मा दर्शकले फिल्म हल भरिएको थियो । फिल्म हेर्दै जाँदा सबै दर्शक भाबुक थिए, कोहि रोहिरहेका थिए, कारण थियो `चलचित्रमा बुवा-आमा बिच चलिरहेको बिवादले बच्चामा पर्ने सक्ने असर र ब्यस्थ परिवारले छोराछोरीलाई समय नदिदा बच्चालाई पर्ने असर र उसलाई चाहिने साथीको अभावको बारेमा देखाउन खोजिएको छ ।´
बाल मनोबिज्ञानमा आधारित फिल्म सारंगको कथा बस्तुले अधिकांशको मन छोएको थियो । श्रीमान र श्रीमती बसेर हेर्नै पर्ने फिल्म रहेछ भन्दै दर्शहरुले फिल्मका कलाकारको प्रसंशा गरेका थिए । बाबुआमाको व्यवहारले छोराछोरीमा नथापाउने तरिकाले प्रभाव पर्ने मनोबिज्ञानको उजागर गरेको धेरैले बिश्लेषण गरेका छन ।
भुपु प्रहरी दिपक शाहीले सारंग हेरेपछि मेरो आँखाबाट आँसु झर्यो । फिल्म सबैले हेर्नु आउनुभनी आह्वान गरे । अन्य दर्शकहरूले सबैले सारंग हेर्नै पर्ने बताउनु भयो । पत्रकार दिपेन्द्र धितालले मेरो त हुँक्क हुँक्कको आवाज धन्नै बाहिर आउन थालेको थियो भन्दै फिल्म हेरेकोमा आफूले ठूलो शिक्षा पाएको बताउनु भयो ।
पत्रकार मात्र हैन सारंग फिल्म हेर्ने हरेक दर्शकलाई भावुक बनाउने यो फिल्मले धेरैको मनोबिज्ञानलाई समेत परिवर्तन गर्ने छ भन्ने विश्वास दर्शकको छ । फिल्म ´सारंग`मा पतिपत्नी बिचको सम्बन्ध, आमाबाबुले छोराछोरीको भावना नबुझ्दा आउने परिस्थिति, आमाबाबुको गरिव प्रतिको धारणा र अबोध बालबालिकाको साथीप्रति गर्ने व्यवहार प्रत्यक्ष देखाइएको छ ।
फिल्मा नृत्य निर्देशकको रुपमा चिनिएका प्रशान्त तामाङको लेखन तथा निर्देशन, ऋचा शर्मा, उत्पल झा, समीरमणी दीक्षित, सुरज तमु, मणि राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागरजंग केसी, सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्नुभएको छ । सबै कलाकारहरुले अब्बल प्रस्तुति गरेको दर्शकहरूको भनाई छ ।
सन्तोष कुमार बिष्ट । ३० माघ २०८१, बुधबार १८:२७