चिसो र शितलहरका कारण नेपालगन्ज उप-महानगरपालिका भित्रका बिधालय २ दिन बिदा

१४ माघ २०८० नेपालगन्ज । निरन्तर अत्याधिक जाडो र शितलहरका कारण बिद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर देखिने भएकोले माघ १५ गते र १६ गते सम्म जाडो विदा गर्न नेपालगंज उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज सूचना जारी गरी सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत र धार्मिक विद्यालयलाई जाडो विदा गर्न निर्देशन दिएको हो ।