बाँकेकाे बेलहनिया नालामा डुबेर २ जनाको मृत्यु


९ भदौ २०८० नेपालगंज । बाँकेकाे जानकीकाे बेलहनिया नालामा डुबेर दुई जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए ।

साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो ।पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए । मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएको प्रहरीले जनाएको छ ।