१९ पुष २०८० नेपालगन्ज । नेपालगन्जको कारकाँदोमा अंग्रेजी नयाँ बर्ष मनाएर घर फर्किने क्रमा सुप ०१००१ च ६३४६ नम्बर स्कार्पियोको टक्करबाट पैदल यात्री आस्था शाह र मायाराम थारुको मृत्यु भएको थियो भने साहाना शाहको घाइते भएकि थिइन ।
सोहि बिषयलाई लिएर आज नेपालगन्ज कोहलपुर सडक खण्ड चक्काजाम गरिएको छ । प्रहरी प्रशासनले कुनै छानबिनमा तदारुकता नदेखाएको भनी मृतक तथा घाइतेको परिवार आफन्त ले कारकादोमा टाएर बालेर यातायात ठप्प पारेका छन । मृतकका परिवारले निष्पक्ष छानबिन हुनु पर्ने, प्रहरी प्रशासनले छानबिन गरि सत्यतथ्य बाहिर ल्याउनु पर्ने माग गरेका छन ।
आस्था शाह र सामना शाह नयाँ बर्ष इभ मनाएर फर्किदै थिए भने मायाराम थारु होटल सिद्धार्थ भ्युको कर्मचारी हुन ।
यता जिल्ला प्रहरी कार्यालयमा बार्ता हुने भएपछि आज लाई आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनु भयो ।
सन्तोष कुमार बिष्ट । १९ पुष २०८०, बिहीबार १५:१७