
२१ फागुन २०७९ काठमाण्डौ । तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरु एकै मञ्चमा देखिएका छन् । शहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेशनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका संयोजक धमेन्द्र लगायतका नेताहरु एउटै मञ्चमा देखिएका हुन् ।

नेकपा माओवादीभित्र फुट आएको लामो समयपछि नेताहरु एउटै मञ्चमा देखिएका हुन् । फाउन्डेशनले शहिद तथा वेपत्ता योद्धाहरुले तत्कालीन जनयुद्धमा गरेको योगदान र नेतृत्वको दायित्वबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।



बिहानीको तारा । २१ फाल्गुन २०७९, आईतवार १३:३८