भेरी अस्पताललाई सरसफाइ सामग्री र फलफूल हस्तान्तरण

३१ असार २०८० नेपालगंज । भेरी अस्पतालमा उपचारार्थ विरामीहरुका लागि फलफूल र सरसफाइ सामग्री अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईंलाई संयुक्त रुपमा उक्त सामग्रीहरु हस्तान्तरण गरिएको  छ । नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसको अवसर पारेर आज भेरी अस्पताल सरसफाइ सामग्री र उपचारार्थ विरामीहरुका लागि फलफूल हस्तान्तरण गरेकाे अध्यक्ष तेज प्रसाद रेग्मीले जानाकरी दिनुभयाे ।

स्थापना दिवसको अवसरमा सरसफाइ सामग्री, नगद १० हजार १ सय रुपैयाँ र अस्पतालमा उपचारार्थ विरामीहरुका लागि पानी, जुस तथा विभिन्न फलफूलहरु अस्पताललाई प्रदान गरिएको उद्योग व्यापार संघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मीले बताउनु भएको हो।

अस्पतालमा उपचारार्थ बिरामीहरुलाई आफैले फलफूलहरु वितरण गर्ने कार्यक्रम रहेपनि अस्पताल प्रशासनले पछिल्लो समयमा सिधै बिरामीहरु भेट्दा उनिहरुलाई डिष्टर्व हुनुका साथै रोग फैलिने सम्भावना भएको भन्दै उक्त कार्यमा रोक लगाएको हुँदा अस्पताललाई प्रदान गरिएको रेग्मीले जानकारी दिनु भएको हो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सह-सचिव अकल बहादुर बम, जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स), महासंघका प्रदेश उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव तारा कुमारी रोकाय/ खत्री लगायतको उपस्थिति रहेको थियो ।