२४ फाल्गुन २०७८,नेपालगंज । नारी दिवसकाे अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिका कमिटीद्वारा फुटबल प्रतियाेगिता सम्पन्न गरेकाे छ । आज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस भएकाेले ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमसहित यो दिवस मनाईएकाे छ । माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपालगन्ज उप-महानगरपालिका कमिटी द्धारा आयाेजित फुटबल प्रतियाेतामा चार टिमको सहभागीता रहेकाे थियो । टिम डि प्रथम टिम बि दोस्रो भएकाे अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपालगन्ज उप-महानगरपालिका कमिटी अध्यक्ष मन्दिरा पाण्डेले जानकारी दिनुभएको छ। हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो ।
तर महिलाविरुद्धको शोषण, असमानता, विभेद अन्त्य भइसकेको छैन । त्यसैले प्रत्येक वर्ष नारी दिवस मनाइरहँदा वास्तविक शोषित, पीडित महिलाका आधारभूत सवालहरुमा दिवसले के ग-यो भन्ने गम्भीर रुपमा उठ्ने गर्छ । यसै अवसाेरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिका कमिटीले फुटबल प्रतियाेगिता गरेकाे छ ।नेपालगन्ज उप-महानगरपालिका कमिटीले गरेको फुटबल प्रतियाेगितामा प्रमुख अथिति नेकपा माओवादी केन्द्र कि केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेस संसद पार्वती पुन( उषा ) उद्घाटन गर्नु भएकाे थियो । अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपालगन्ज उप-महानगरपालिका कमिटी अध्यक्ष मन्दिरा पाण्डेकाे अध्यक्षतामा भएको थियाे । बिशिस्ट अथिति माओवादी केन्द्र नेपालगन्ज नगर कमिटी अध्यक्ष रतन बहादुर शाही ,उपाध्यक्ष ताराप्रसाद खत्री, उपाध्यक्ष बसन्त मल्ल , सहसचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कश्मिरा खातुन लगायतकाे उपस्थिति रहेको थियोे । उक्त कार्यक्रम संचाालन महिला नेतृ मिना डाँगीले गर्नु भएको थियोे ।पहिलो दोस्रो हुनेले ट्रफी प्रमाणपत्र दिईएकाे छ।
बिहानीको तारा । २४ फाल्गुन २०७८, मंगलवार २२:१६