सामाजिक संजाल तथा अन्य माध्यमबाट सामाजिक सद्धाव भड्काउने कार्य गरे कडा कार्वाही गर्ने

सबै क्षेत्र, तह र तप्काकाे उल्लेखनीय सहभागितामा नेपालगंजमा सद्धाव र्याली निकाल्ने

१७ असाेज २०८० नेपालगंज । जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको आह्वानमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय/सर्वपक्षीय बैठकले सामाजिक संजाल तथा अन्य माध्यमबाट सामाजिक सद्धाव भड्काउने, धार्मिक विद्धेय फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने जस्ता कार्य गरे कानून विपरितका कार्य गरे कुनै पनि व्यक्ति लाई तत्काल कानून बमोजिम कडा कार्वाही गर्ने निर्णय गरिएको छ ।

नेपालगंजमा धार्मिक विवाद बढ्दै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगन्ज उप-महानगरपालिका भित्र कर्फ्यु आदेश जारी गरिएको थियाे,  कर्फ्यु अहिर सम्म कायम रहेको छ ।

नेपालगंजमा शान्ति सुरक्षा पूर्णरुपमा सामान्य अवस्थामा ल्याउन र नेपालगंज क्षेत्रमा जारी रहेको कर्फ्य आदेश खुकुलो बनाउदै लगि पूर्णरुपमा हटाउने र समाजिक सद्धाव  कायम राख्न अव उप्रान्त सद्धाव भड्किन नदिन सबै क्षेत्र,तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी द्धाव र्याली निकाल्ने सर्वदलिय/सर्वपक्षीय बैठक निर्णय गरिएको छ ।

निर्णय सहित