समावेशी प्यानलका उम्मेदवारहरुकाे उम्मेदवारी दर्ता

धामी नेतृत्वकाे समावेशी प्यानलका उम्मदवारहरुकाे उम्मेदवारी दर्ता, सबै ब्यपारी तथा उद्योगीहरु लाई समावेशी प्यानलका उम्मदवारहरुलाई मतदान गर्न आह्वान

१९ साउन २०८० नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भाद्र २ गते हुने निर्वाचनका लागि टंक बहादुर धामीले ठुलाे संख्यामा नारा जुलुस सहित नेपालगन्ज उद्योग वाणिज्य संघकाे कार्यालयमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन । उनले नेतृत्व गरेकाे समावेशी प्यानलका सबै उम्मेदवारहरुकाे उम्मेदवारी दर्ता भएकाे महिला उपाध्यक्ष पदकी उम्मेदवार मन्दिरा पाण्डेले जानकारी दिइन । निर्वाचन समितिले  उम्मेदवारी दर्ताका लागि दिउसो २ बजेकाे समय दिएकाे थियो । सोही समयमा नै उम्मेदवारी दर्ता भएकाे पाण्डेले बताइन ।


त्यस्तै पाण्डेका अनुसार उपाध्यक्ष (उद्योग)तर्फ चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) तर्फ हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला)तर्फ मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढकाे उम्मेदवारी दर्ता भएकाे छ ।

सदस्य पदमा इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्दले उम्मेदवारी दर्ता भएकाे छ ।