हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले मूल्य घट्यो

५ असार २०८० काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ ।