नेपालगन्ज २० नम्बर वडाध्यक्ष कौशल कुमार धोवीद्वारा प्रहरी बिट राँझालाई ट्राफिक सिग्नल हस्तान्तरण

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका २० नम्बर वडाध्यक्ष कौशल कुमार धोवीद्वारा  प्रहरी बिट राँझालाई ट्राफिक सिग्नल हस्तान्तरण गरेका छन ।

धोवीले ट्राफिक व्यवस्थापन सुधार गर्ने उद्देश्यले ट्राफिक प्रहरी बिट, राँझालाई १० थान ट्राफिक सिग्नल सामग्री हस्तान्तरण गरेका हुन

उक्त सिग्नलहरू हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष धोवीले सुरक्षित र व्यवस्थित सडक पार गर्ने वातावरण निर्माण गर्न ट्राफिक प्रहरीको भूमिकालाई महत्वपूर्ण बताउँदै स्थानीय सरकार सदैव सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

राँझा ट्राफिक बिटका प्रहरी सहायक निरीक्षक प्रकाश बि.कले वडाध्यक्षप्रति आभार व्यक्त गर्दै सामग्रीहरूले ट्राफिक व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरे।