रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्री एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् ।

यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै  पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो ।