
२९ फागुन २०७९ काठमाण्डौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दोस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका हुन् ।
उनले सातौं ओभरको पाँचौं बलमा हिरी हिरीलाई क्याच आउट गराए । हिरी हिरीले १४ रन बनाए । यसअघि नेपालका लागि ललित नारायण राजवंसीले चौथो ओभरको चौथो बलमा किप्लिन दोरिगालाई बोल्ड आउट गर्दै नेपालका लागि पहिलो सफलता हात पारेका थिए ।



बिहानीको तारा । २९ फाल्गुन २०७९, सोमबार १०:०७