
२० असोज २०८० नेपालगन्ज । सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४० वर्षीया अनिता बोहरा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानलका डीएसपी नविन कार्कीले जानकारी दिए ।



बिहानीको तारा । २० आश्विन २०८०, शनिबार १८:३९