बालिका यौन दुव्र्यवहार घटनाको मानव अधिकार आयोगको चासो

३० गते २०७९ जुम्ला । जुम्लामा १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहादुर घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो लिएको छ । आयोगका शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानव अधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित बालिका आमा र प्रहरीसँग भेटेर ध्यानाकर्षण भएको जनाएको छ ।आयोगको शाखा प्रमुख साहनीका अनुसार आयोगले यो घटना गम्भिर फौजदारी अपराध र बालअधिकार, यौन दुव्र्यवहादुर, न्याय पाउनु पर्दछ भन्ने हिसावले लिएको छ ।

यौन दुव्र्यवहारमा घटनाका आरोपित व्यक्ति चन्दननाथ नगरपालिका ७ का ४८ वर्षीय प्रेमजंग (प्रेमराजा) महत नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालेको छ । यो सकारात्मक पक्ष हो । अझै यस घटनाको प्रभावकारी अनुन्धान गरी न्याय नमर्ने हुनु पर्दछ ।

उक्त घटनालाई  सामसुम पार्ने घटनाका मतियारलाई पनि अनुसन्धानको दायरामा ल्याएर कार्वाही प्रक्रियामा लैजान ध्यानाकर्षण पनि गरिएको आयोगले जनाएको छ । यौन दुव्र्यवहार घटनाका आरोपित महतले एक महिनासम्म पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छोरी बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी ०७९ बैशाख महिनादेखि घरमा लगिएको खुल्लन आएको छ ।