व्याख्यात्मक घोषणा एमसीसीले लागू नगरे सम्झौता भंग हुन्छ : अर्थमन्त्री शर्मा

१५ फाल्गुन २०७८ काठमाडौं। नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको प्रतिनिधि सभाले गरेको व्याख्यात्मक टिप्पणी एमसीसीले पालना नगरे सम्झौता स्वतः भंग हुने बताएका छन् ।

संसदमा एमसीसी सम्झौताबारे उठेका प्रश्नहरूको जवाफ दिँदै शर्माले उक्त कुरा बताएका हुन् । संसदमा बोल्दै शर्माले भने धेरै माननीयहरूले यसबारे स्पष्ट गरिसक्नुभएको छ। हामीले व्याख्यात्मक घोषणा गरेका छौं। नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन। यसमा अब कुनै भ्रम छैन । मन्त्री शर्माले एमसीसीले व्याख्यात्मक घोषणा नमाने सम्झौता रद्द हुने बताए । उनले भने, एमसीसीले सम्झौता मानेन भने के हुन्छ  ?  भन्ने प्रश्न पनि उठेको छ। एमसीसीले व्याख्यात्मक घोषणा नमानेमा त्यो स्वतः रद्द हुन्छ ।