लुम्बिनी प्रदेश सभा बैठक आह्वान

१४ फागुन २०७९ दाङ । लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको छ । बैठक बुधवार दिउँसो १ बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो ।