नेकपा (माओवादी केन्द्र) नेपालगंज उप-महानगरपालिका ९ नं वडा पार्टीकाे भेला सम्पन्न

२७ फागुन २०७८ नेपालगंज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उप-महानगरपालिका ९ नम्बर वडा पार्टीको भेला सम्पन्न भएको छ । वडा पार्टी अध्यक्ष छोट्न शेखको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि गेहराज शर्मा(नवीन शर्मा) बिशेष अतिथि जिल्ला समन्वय समिति सदस्य आदेश अग्रवाल अतिथि नेपाल कम्युनिस्ट पार्टी नेपालगन्ज उप-महानगर कमिटी अध्यक्ष रतन शाही, उपाध्यक्ष कमाण्ड २ संयोजक तारा प्रसाद खत्री प्रमेश, उपाध्यक्ष वसन्त मल्ल, सचीव प्रेम शाह, सह-सचीव नन्दलाल वैश्य, कोषाध्यक्ष कस्मिरा खातुन सदस्य मन्दिरा पाण्डे, दिपेन्द्र धिताल अर्थोक, इमाम खा, फरिजङ खा, लगाएतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ । माओवादी केन्द्र नेपालगन्जले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टी  संगठन बिस्तार तथा सुध्रिकरण अभियान सहित चुनावी अभियान लाई तिब्रता दिएको छ ।

त्यस्तै आज नेपालगन्ज वडा न ९ मा भेलामा प्रमुख अतिथि नवीन शर्माले उत्पीडित जाती बर्ग, समुदायको हकहितको लागि माओवादी ले परिवर्तन ल्याएको हाे । ब्यवस्था परिवर्तनमा माओवादी ले महत्वपूर्ण भुमिका खेलेको र अहिले देश माओवादी कै एजेन्डामा देश संचालन भएको र माओवादी लाई नेतृत्वमा ल्याए हाम्रा एजेन्डा स्थापित हुने समेत बताउनु भयो । हामीले ब्यवस्था ल्याएऔ तर कांग्रेस एमालेको प्रवृत्तिमा परिवर्तन ल्याउन भने सकिएन त्यसैको फल स्वरुप नेपाली जनताले दु:ख पाएको समेत ब्यत्त गर्नु भयो ।

भेलालाई नगर अध्यक्ष रतन शाहीले  सम्बाेधन गर्दै भने माओवादी केन्द्र बिकास,निकास र सम्बृद्धीकाे यात्रामा हामी लामबद्ध हुन र माओवादी केन्द्र लाई बिजय गराउन जनताकाे हातमा रहेकाे र आफ्नाे अधिकार स्थापित गर्न माओवादी केन्द्र लाई बियज गराउन अपिल समेत गर्नु भयाे ।कार्यक्रमकाे संचालन उपेन्द्र आचार्यले गर्नु भएकाे थियाे ।