नामिबियासँग नेपाल दुई विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो ।

विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो । यसअघि पनि नामिबियाले नै नेपाललाई चार विकेटले हराएको थियो ।