स्थानीय सरकार भएको जनतालाई प्रत्याभुति गराउदै :- वडा अध्यक्ष खड्का

स्थानिय सरकार जनताको घरदैलोको सरकार भएको आज चौरजहारी नगरपालिका वडा न ५ का वडा अध्यक्ष खुम बहादुर खड्काले आफ्ना वडाका जनतालाई प्रत्याभूति गराएका छन । सामाजिक सुरक्षा भत्ता बुझ्न घर देखी बैंक सम्म जान आउन वडा अध्यक्षले गाडी ब्यबस्थापन गरि सहजीकरण गरेका छन । आफै बैंकमा गएर सामाजिक सुरक्षा भत्ताको बैक खाता खोल्न सहयोग समेत गर्नु भएको छ ।


जनतालाई आफ्नो घरदैलोको सरकारले प्रत्यक्ष हेर्ने गरेको र आफ्ना काम सहजै भएइरहेको स्थानीय बताउन्छन । अध्यक्ष खुम बहादुर खड्का वडाको नेतृत्व सम्हाले देखी नै वडामा नयाँ नयाँ कामहरु हुदै आइरहेका छन । कहिले स्वास्थ्य शिबिर कहिले जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच घरमै गएर गर्ने वडा लाई सहज र जनमुखी बनाउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित भएको अध्यक्ष खड्काले बताए ।