नेपालगन्जबाट काठमाण्डौं जाँदै गरेको बस दाङमा दुर्घटना

२७ पुस २०८० नेपालगन्ज  । दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।
बसमा ३२ जना यात्रु सवार थिए । उद्धारका लागि घटनास्थलमा पुगेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बस दुर्घटनामा केही मानिस हताहत भएको बताए । स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी रहेको ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रमुख हरिबहादुर रोकायले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।