नयाँ मन्त्रीको शपथ ५ बजे

काठमाडौँ । नयाँ मन्त्रीहरूको शपथ साझ पाँच बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छ ।

पाँच बजे शपथ भनेर प्रधानमन्त्री कार्यालयबाट पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको छ । सोही अनुसार अपराह्न ५ बजे तयारी भइरहेको छ । ३ जना मन्त्रीले शपथ लिने तयारी छ । पहिलो  चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याको सपथ हुनेछ ।