बर्दिया। बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाको अन्तिम परियोजना समीक्षा तथा सिकाइ आदान प्रदान बैठक सम्पन्न भएको छ ।
बैठकमा प्लान इन्टरनेशनल नेपालका प्रतिनिधिहरू, बाँके युनेस्को क्लबको व्यवस्थापन, कार्यसमिति सदस्यहरू तथा परियोजना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैठकको प्रमुख उद्देश्य परियोजनाका निर्धारित लक्ष्य तथा अपेक्षित उपलब्धिहरूको तुलनामा भएको प्रगति र उपलब्धिहरूको समीक्षा गर्नु, परियोजनाले पारेको प्रभाव तथा योगदानको मूल्यांकन गर्नु, असल अभ्यास र सिकाइहरू अभिलेखीकरण गर्नु र कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको विश्लेषण गर्नु रहेको थियो ।
बैठकमा परियोजना संयोजक ईश्वर बि.क.ले परियोजनाको समग्र प्रगति, नतिजा अनुसारका उपलब्धिहरू, प्रमुख सफलताहरू, असल अभ्यास, महत्वपूर्ण सिकाइ, कार्यान्वयनका चुनौतीहरू तथा दिगोपना योजनाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो ।
त्यसैगरी, फिल्ड सुपरभाइजर साबित्रा भाट र प्रमिशा थारूले समुदाय स्तरमा कार्यान्वयनका क्रममा प्राप्त व्यावहारिक अनुभव, सिकाइ तथा परियोजनाका बाट देखिएका सकारात्मक परिवर्तनहरू प्रस्तुत गर्नुभएको थियो । यसै क्रममा वित्त तथा लजिस्टिक अधिकृत सञ्जय चौधरी ले परियोजनाको वित्तीय प्रगतिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
बैठकमा सुरक्षा परियोजनाका प्रमुख गतिविधि, उपलब्धि, समुदायस्तरमा देखिएका परिवर्तन तथा समग्र कार्यान्वयन यात्रालाई समेटिएको भिडियो वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।
प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय ब्यबस्थापक मीना पराजुलीले सुरक्षा परियोजनाको सफल कार्यान्वयनमा बाँके युनेस्को क्लब तथा परियोजना टोलीले निर्वाह गरेको भूमिका, समर्पण र योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र बाल संरक्षण सुदृढीकरणका लागि परियोजनाले समुदायस्तरमा पु¥याएको सकारात्मक प्रभाव, सहकार्यमा आधारित कार्यशैली तथा स्थानीय सरोकारवालाहरूको प्रभावकारी सहभागितालाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो ।
त्यसैगरी, प्लान इन्टरनेशनल नेपालको केन्द्रीय टोलीका प्रतिनिधि सन्देश शिल्पकारले परियोजनाका समग्र उपलब्धि, कार्यान्वयनका प्रयास तथा मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र बाल संरक्षण प्रवद्र्धनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
बैठकको अध्यक्षता बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङले गर्नुभएको थियो । समापन मन्तव्यका क्रममा उहाँले परियोजना कार्यान्वयन अवधिभर प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लबको व्यवस्थापन, कार्यसमिति सदस्यहरू, परियोजना कर्मचारी, स्थानीय सरकार तथा समुदायस्तरका सरोकारवालाहरूले पुर्याउनुभएको सामूहिक प्रयास, सहकार्य र योगदानप्रति आभार व्यक्त गर्नुभयो ।
बैठकमा प्लान इन्टरनेशनल नेपालको केन्द्रीय तथा क्षेत्रीय टोलीबाट शान्ति उपाध्याय, गीता बिडारी, शान्ति थापा र दुर्गा क्षेत्रीको सहभागिता रहेको थियो भने बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधर, उपाध्यक्ष पञ्चम गुरुङ, कार्यसमिति सदस्यहरू मीना चौधरी र सपना परियार तथा सुरक्षा परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैठकले सुरक्षा परियोजनाले निर्धारित लक्ष्यहरू सफलतापूर्वक हासिल गर्नुका साथै लक्षित समुदायमा बाल संरक्षण सुदृढीकरण र मानव बेचबिखन तथा ओसारपसारको रोकथाममा महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकालेको थियो ।
बैठकले परियोजनाबाट हासिल भएका उपलब्धि तथा सिकाइहरूलाई दीर्घकालीन सामुदायिक पहल र व्यवहारमा रूपान्तरण गर्ने साझा प्रतिबद्धताका साथ समापन भएको थियो ।




सन्तोष कुमार बिष्ट । १३ मंसिर २०८३, शनिबार १८:०३