सासंद नमुनाकाे पहलमा नरैनापुर र राप्तिसाेनारीमा टेलिफोन टावर थपिदै

१२ पुष २०७९ नेपालगञ्ज : लुम्बिनी प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले दाेस्राे कार्यकालकाे सपथ नहुँदै आफ्नो निर्वाचन क्षेत्रमा बिकास निर्माण, पुर्वाधार बिकास र आफ्नाे क्षेत्रमा समस्यकाे रुपमा रहेकाे टेलिफाेन सेवाकाे लागि पहल सुरु गरेकी छन् ।  नरैनापुर र राप्तिसाेनारी गाउपालिकाका सबै वडामा गुणस्तरीय टेलिफोन सेवा बिस्तारकाे लागि पहल भएकाे बताईन ।

निर्वाचन प्रचारकाे क्रममा मतदाताकाे घरदैलोमा पुग्दा मतदाताले फाेन टावर नहुने, टावर भएपनि कुरा हुन नसक्ने गुनासाे आयपछी आफुले टावर थप गर्नकाे लागि पहल गरेकाे बताईन । उनले आफ्नो निर्वाचन क्षेत्रमा दर्जन बढी टावर निर्माण हुने बताईन । यसकाे सर्वेकाे काम आउदो सातादेखि सुरु हुने तयारी रहेकाे बताईन ।