
८ कार्तिक २०७९ काठमाण्डाैं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे समानुपातिककाे बन्दसूचीबाट हटाए नाम निर्वाचनमा आयोगले विभिन्न कारणले अयोग्य रहेका लाई छ। मंगलबार आयोगले अयोग्यता भएकाहरूको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको सार्वजनिक गरेको हो।
प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेकालगायतका कारणबाट अयोग्य भएकाहरूको नाम हटाउने निर्णय गरिएको आयोगले जारी गरेको बुलेटिनमा उल्लेख छ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन ०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा समावेश भएका तर निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेवारी परेका र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थप २ जना (कालोसूचीमा रहेका १ जना र लाभको पदमा रहेका एकजना) गरी कुल जम्मा ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको हाे।
राजनीतिक दलहरूले गत २ र ३ मा समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए। उक्त बन्दसूचीमाथि १५ र १६ असोजमा संशोधनका लागि समय दिइएको थियो। २३ असोजमा बन्दसूचीमा रहेका उम्मेदवारको सूची प्रकाशित गरेको आयोगले त्यसमाथि छानबिन गरी आज ५५० जनाको नाम बन्दसूचीबाट हटाएको हो।



बिहानीको तारा । ८ कार्तिक २०७९, मंगलवार १९:४५