नेकपा माओवादीबाट श्रेष्ठ गृह र बस्नेत उर्जामन्त्री


१७ चैत्र २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रबाट गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री हुने भएका छन् । श्रेष्ठ मन्त्रालय सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् भने बस्नेतले नयाँ मन्त्रीको रुपमा सपथ लिने भएका हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् । यस्तै पार्टीका उपमहासचिव बस्नेत उर्जा मन्त्री हुने भएका छन् । यसअघि तीन पटक मन्त्री भइसकेका बस्नेत चौथोपटक मन्त्रीको सपथ लिने भएका छन् ।

यस्तै सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको मन्त्रालय यथावत हुने भएको छ । उनले मन्त्रालय फेर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री प्रचण्डले महिला वालवालिका मन्त्री बन्न आग्रह गरेका थिए । अन्तमा सामान्य प्रशासनमै बस्ने भएका छन् । यस्तै सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीको मन्त्रालय समेत यथावत हुने भएको छ ।