
२९ फागुन २०७८दैलेख । दुल्लु नगरपालिका वडा न १० कार्यालयमा लगाएको ताला खुलेको छ । कोभिड १९ बाट प्रभावित अतिबिपन्न परिवार लाई आर्थिक सहयोग गर्ने नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय अनुसार दुल्लु नगरपालिका वडा न १० कार्यालयले आफुखुसी आफ्ना मान्छेको फर्म भरेको भनेर गठबन्धन दलका ३ पार्टीले फागुन २६ गते वडा अध्यक्ष लाई ज्ञापन पत्र झाएका थिए । उक्त ज्ञापन पत्रको अवज्ञा गरेको भन्दै गठबन्धन दलले आज वडा कार्यालयमा ताला लगाएका थिए । ताला लगाए पछि । वार्ता, सम्वाद पछि पुर्न सहमतिमा ताला खोलिएको नेकपा माओवादी केन्द्र दैलेख जिल्ला समिति सदस्य नमराज योगिले जानकारी दिनु भयो ।
कोभिड १९ महामारी बाट प्रभाबित अतिबिपन्न ब्यत्तीहरुलाइ नगद हस्तान्तरण कार्यबिधी २०७८ को अनुसुची २ बमोजिमको फारम आजका मिति देखि चैत्र २ गते सम्म फारम भने भनेर सुचना प्रकाशीत गर्ने सहमति भए पछि वडा कार्यालयमा लगाइएको ताला खुलाइएको हो ।



बिहानीको तारा । २९ फाल्गुन २०७८, आईतवार १७:१८