उषा राई को घटनालाई लिएर द्धन्द्ध पीडित तथा एकल महिला संजाल बाँकेले सिडियाे लाई बुझायो ज्ञापन पत्र

१६ मंसिर २०७९ नेपालगंज । धनकुटामा उषा राई माथि जगरण आमा समुहले कुटपिट गर्दा मृत्यु भएको छ । आज द्धन्द्ध पीडित तथा एकल महिला संजाल बाँकेले उक्त घटनालाई लिएर बाँके सिडियाे लाई ज्ञापन पत्र बुझाएको छ ।  उक्त घटनाले मानवले बाँच्न पाउने अधिकारको समेत हनन भएको अध्यक्ष जयन्ती खत्रीले बताउनु भयो ।

मानव अधिकारको हिसावले यो घटना दानब प्रवृत्तिको देखाउन्छ र सम्बन्धित निकायलाई सत्यतथ्य पत्ता लगाई दोषीहरु लाई तत्काल कानुनी दायरामा ल्याई हदै सम्मको कार्वाहीको लागि जोड्दार माग गरिएको ज्ञापन पत्रमा उल्ले गरेको छ ।

यो दुखद घडिमा अन्यायका बिरुद्ध न्यायको पक्षमा मानव अधिकारवादी संघ संस्था, संचारकर्मी आम न्यायका पक्षधर नेपाली दिदी बहिनी, दाजुभाईहरु समक्ष सहयोगको अपिल समेत गररिएको छ ।

बिज्ञप्ती सहित