नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सह-सचिवमा अकल बम

  • उपेन्द्र आचार्य

२ चैत्र २०७८  नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) लुम्विनि प्रदेशकाे प्रथम पुर्णवैठकवाट सह-सचिवमा बाँके बाट अकल बम (रबेन्द्र) चयन भएका छन  । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) लुम्विनि प्रदेश अध्यक्षमा पुर्व मन्त्री सुदर्शन बराल चयन हुनुभएको छ । अध्यक्ष संगै उपाध्यक्ष दुर्गा चौधरी, लुमाकान्त न्यौपाने, बिरबहादुर खत्री, सचीव कृष्ण अधिकारी, सह सचीव अकल बहादुर बम, पार्वती बिक, कोषाध्यक्ष निर्दोष अलि चयन हुनुभएको छ । बुधबार बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेशको पुर्ण बैठकले सो पुर्ण पदाधिकारीको चयन गरेको हो ।