जुम्ला सिंजा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षमा पूर्ण प्रसाद धिताल, उपाध्यक्षमा  सितली रोकाया बिजयी

३ जेठ २०७९ जुम्ला । जुम्ला सिंजा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्ण प्रसाद धिताल, उपाध्यक्षमा माओवादीकी सितली रोकाया बिजयी बिजयी हुनु भएको छ । अध्यक्ष पूर्ण प्रसाद धितालले १९४९ मत प्राप्त गरी बिजयी हुनु भयाे भने उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका नन्दराम बुढाले १८३१ मत प्राप्त गरी पराजय भए । उनीहरुकाे मतान्तर ११८ रहेकाे छ । उपाध्यक्ष माओवादीका सितली रोकायाले १९६६ मत प्राप्त गरी बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।