टिकट देखी टिकट सम्मको राजनीति !

कतै प्रतिष्ठाकाे विषय त कतै अन्तिम लडाइ अनि मोल तोल हुँदै सट्टा पट्टा सम्म

यति बेला राजनीति बृत्तमा बिभिन्न खाले प्रश्नले घेरिरहेको छ । बाहिर चुनाबी माहोल छ, राजनितिक दलहरुले आ-आफ्ना उम्मेदवार जिताउन कम्मर कसेका छन । कार्यकर्ताको खोजी सुरु भएको छ । कार्यकर्ता नै हुन चुनाव देखी चुनाव सम्म सिमित हुने दलको झोला बोक्ने चुनाव सक्किना साथ एक हप्ता हो चिन्ने कार्यकर्तालाई बिस्तारै नेता र कार्यकर्ताको दुरी बढ्न थाल्दछ । अनि नेताहरु व्यापारी, माफियाको संरक्षण र उनीहरुसँग उठबस बढ्दै जान्छ कार्यकर्तालाई नजिक पर्न पनि दिदैनन । बाँकी चार बर्ष नेता कार्यकर्ता बिचको दुरी पुर्व पश्चिम जति टाढा  हुन्छ ।

यो पटकको राजनिति बृत्तमा रोचक/घोचक र टिकटको लागि मरिहत्य गरेको समाचार बाहिरिएका थिए । राजनीतिक इमानदारीता, नैतिकता सिद्धान्त निष्ट हुनु पर्ने हो तर यति बेला राजनीतिलाई अवसरको रुपमा लिने गरेका छन । छोटो समयमा कमाउन सक्ने साधनका रुपमा लिने गरेका छन ।

चुनाव नजिकिदै गर्दा उम्मेदवारको बिषयमा चर्चा परिचर्चा हुन स्वभाभिक नै हो । राजनीतिक दलबाट उम्मेदवारहरुको सिफारिस हुनु टिकटको लागि सम्बन्धित पार्टीमा दाबि पेस गर्नु राजनीति संस्कार नै हो । त्यस्तै राजनीति बृत्तमा उम्मेदवारहरुको चर्चा परिचर्चा हुनु र टिकटको लागि गरिएका अस्वभाबिक, गैर राजनीतिक संस्कार प्रदशनले आम नेता कार्यकर्ताहरुमा समेत नराम्रो संन्देश गएको देखिन्छ ।

पार्टी भित्र स्वस्थ प्रतिस्पर्दा हुन्छ तर अरुलाई सिध्याउने र अरुको अस्तित्व स्वीकार नगर्ने परिपाटिले राजनीति प्रति बिस्तारै बितृणा जागेको देखिन्छ । त्यसैले यो चुनावमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढेको एक नमुना पनि हो ।

टिकट एक लाई दिने तर अर्को लाई दिएको नाटक गर्ने, नदिए फासि लगाउने सम्मको धम्कि दिने त्यतिमात्र कहाँ होर गुट नै परिवर्तन गर्ने । त्यति दुखले टिकट हातमा पारिसके पछि निन्द्रा त आयो होला तर चुनाव चित्न भने मुस्किल पर्ने देखिन्छ ।

राष्ट्रिय राजनीतिमा अनौठा घटना क्रम बिकसित भएको देखिन्छ, खास गरी नयाँ अनुहार, योग्य व्यक्तिको खोजी भईरहे पनि खास सोचेजस्तो उम्मेदवार राजनीतिक दलहरुले दिएन उही पुरानै जो सत्ता शक्तिको लागि जे गर्न पनि पछि नहट्ने दम्भ धमण्डको मुकुण्डो भिरेकाहरुको राजदाई फेरी पनि हुने देखीयो ।

२०७४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम गठबन्ध गरे सोचअनुसारको निर्वाचन परिणाम जनताले दिए साथै दुबै पार्टीले एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भयो । करिव ३ बर्ष सँगै बसेका केपी प्रचण्डले उडाएको जेट पेलेन २०७७ फागुन २३ गते सर्बोच्च अदालतले दुई टुक्रा पारेर अलग बनाए पछि त्यही नेकपाको अन्तर बिरोधमा घनश्याम भुसाल, भिम रावल लगाएतले केपी ओलीको व्यापक आलोचना गरेका थिए । नेकपा एमाले बिभाजनमा १० बुदे सम्झौता गरेर नेकपा एमालेमै बसेका तर फरक मत राखेका घनश्याम भुसाल, भिम रावल लाई केपी ओलीले निर्वाचनमा टिकट नदिए पछि राजनीतिक बृत्तमा फेरी हलचल मच्चियो ।

 अन्तत घनश्याम भुसाल नेकपा एमाले परित्यग गरी रुपनदेही १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएर बाम-लोगतान्त्रिक गठबन्धनले घनश्याम भुसाललाई समर्थन गर्या भने भिम रावलले उम्मेदवारी दिएन तर रावलले पत्रकार सम्मेलन गरी केपी ओलीले गरेका ज्यादतीको भण्डाफोर गरे र नेकपा एमालेमै संघर्ष गर्ने उदघोष गरे यसले गर्दा त्याग तपस्य भन्दा पनि पार्टी नेतृत्वको चाकरी गर्ने र नेतृत्व लाई महाराज बनाएर बिरोधी लाई तह लागाउने र राजनीतिक सिद्धान्त र कार्यदिशा स्पष्ट नहुदा राजनीतिक यात्रा कता हो भन्ने स्पष्ट देखीदैन ।

२०७९ मंसिर ४ गते हुने निर्वाचनको अर्का रोचक भनेको गणतन्त्र Vs राजतन्त्र भन्ने नै छ । तर राप्रपा एमाले गठबन्धन छ भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा(एकिकृत समाजवादी) र जनमोर्चाको गठबन्धन एक छ ।

 चार दलिए मोर्चा गणतन्त्रको पक्षमा छ भने राप्रपा राजतन्त्रको पक्षमा छ तर नेकपा एमाले भने दुई धारे रणनीतिमा देखिन्छ । यस्ले के प्रमाणित गर्छ भने केपी ओलीले प्रतिनिधि सभा लाई दुई पटक बिघटन गर्दा राप्रपा लगाएत राजावादी पार्टीले समर्थन गरी रहेका थिए त्यही अनुरुप अहिले राप्रपा र नेकपा एमालेको गठबन्धन भएको बुझिन्छ । त्यसैले म गणतन्त्रको पक्षमा हुन्छु रहन्छु ।

त्यसैले गणतन्त्र कि राजतन्त्र भन्ने मुख्य लडाई हुने देखीन्छ । बिचार,सिद्धान्त, एजेण्डा, भन्दा पनि शक्तिको लागि जनतालाई उल्लु बनाउने रगत पसिना र संघर्षले ल्याएको उपल्धिलाई तिलान्जी दिने कार्यले गर्दा अर्को बिद्रोहको जन्म पनि हुन सक्छ । संसदीय राजनिति टिकट देखी टिक सम्म, चुनाव देखी चुनाव सम्म मात्रै सिमित भएको छ त्यसैले निर्वाचन प्रणाली परिवर्त गरे टिकट देखी टिकट सम्मको लाडाईको अत्य हुन्थ्यो  कि ?