बाँकेकाे खजुरा गाउँपालिकाको “व्यवसाय दर्ता नविकरण अभियान” २०८१ सुरु 

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा व्यवसाय दर्ता तथा नविकरण अभियान २०८१ सुरु भएको छ ।“खजुराको विकास र समृद्धिको आधारः दिगो र फराकिलो स्थानीय कराधार” भन्ने मुलनाराका साथ खजुरा गाउँपालिकाको आयोजनामा शुक्रबार  देखि “व्यवसाय दर्ता  तथा नविकरण अभियान २०८१” सुरु गरिएको हो । स्थानिय व्यावसायिहरु लगायत सरोकारबाला पक्षहरुकोे सहभागीतामा  खजुरा गाउँपालिका वडा नम्बर १बाट अभियानको शुभारम्भ भएको छ ।

“व्यवसाय दर्ता तथा नविकरण अभियान २०८१” को  शुभारम्भ अभियान खजुरा गाउँपालिका उपाध्यक्ष तथा स्थानीय राजश्वपरामर्श समिति संयाेजक मन्जु मल्लको अध्यक्षता र गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा व्यबसायिहरु लाई व्यवसाय दर्ता गर्ने , नवीकरण गर्ने र असल व्यवसायीको परिचय दिनुपर्ने लगायतका विषयमा छलफल भएको छ । खजुरा गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तर पालिकामा व्यवसाय दर्ता नभएका सम्पुर्ण उद्योग, व्यापार, व्यवसायहरूलाई अनिवार्य व्यवसाय दर्ता गराई करको दायरामा ल्याउने र उद्यमी व्यवसायीहरूलाई समग्र गाउँपालिकाको विकासको प्रक्रियामा सहभागी गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको खजुरा गाउँपालिका राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले बताउनु भएको छ ।


गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रको विकास गर्न र गाउँबासीलाई सेवा सुविधा प्रदान गर्न ठूलो वित्तीय स्रोतको आवश्यकता पर्ने गरेको उहाँले बताउनु भएको छ । गाउँपालिकाको आन्तरिक आयको एक प्रमुख र दिगो स्रोतको रूपमा व्यवसाय कर रहेकोले “व्यवसाय दर्ता अभियान २०८१” सञ्चालन गरीएको गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताउनु भएको छ  ।
तिब्र सहरीकरण, नयाँ बस्ती विस्तार हुदै गएपछि गाउँपालिकामा पछिल्लो समय जनसङ्ख्या वृद्धि, उद्योग, व्यापार, व्यवसायको विकास र विस्तार तिब्र भएको भएपनि जुन अनुपातमा व्यापार व्यवसायको विस्तार भएको छ, त्यहि अनुपातमा गाउँपालिकामा नयाँ व्यवसाय दर्ता हुन नसकेकोले दर्ता नभएका व्यवसायहरुलाई दर्ता गराई करको दायरामा ल्याउने उद्देश्यले दर्ता अभियान सञ्चालन गरिएकाे छ ।

ब्यबसाय दर्ता तथा नविकरण अभियानमा गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, उद्यमी व्यवसायी र सर्वसाधारणको साथ, सहयोग र सक्रिय सहभागीताको अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले बताउनु भएको छ ।गाउँपालिकाको आर्थिक ऐन, २०८० ले पहिले देखि सञ्चालनमा रहेका दर्ता हुन बाँकी व्यवसायहरूलाई लक्षित गरी नयाँ दर्ता हुने व्यवसायलाई लक्षित गरी यो कार्यक्रम संचालनमा ल्याएको छ।
व्यवसाय दर्ता अभियानको क्रममा दर्ता टोली व्यवसायीको दर्ता वडा कार्यालयमा पुगी शिघ्र र सहज तरिकाले व्यवसाय दर्ता गर्ने व्यवस्था गरिएको छ।

दर्ताको लागि आवश्यक फाराम भर्न, विभिन्न कागजातहरू तयार गरे आफ्नो सम्बन्धित वडा कार्यालयमा गएर सजिलै छोटो समयावधिमा व्यवसाय दर्ता गर्न सकिने व्यवस्था समेत रहेकाे छ ।
उद्यमी व्यवसायीहरूले गाउँपालिकाक्षेत्र भित्रको स्रोतसाधन र भौतिक पूर्वाधारको उपयोग गरी आय आर्जन गरे बापत गाउँपालिकाको विकास र समृद्धिको लागि पनि केहिं योगदान वा सहयोग गर्नुपर्नेमा अध्यक्ष विकले जोड दिनु भएको छ । गाउँपालिकाको बिकासको लागि आफ्नो योगदान व्यवसायीले करको माध्यमबाट गर्ने उहाँलेउल्लेख गर्नु भएको छ । करबाट प्राप्त आय गाउँपालिकाले पुनः सेवा सुविधाको रुपमा र पूर्वाधार विकासको माध्यमबाट आम सेवाग्राही नागरिक र उद्यमीकाँहा पुग्ने समेत उहाँको भनाई छ । आफूले तिरको कर आफ्नै र समग्र गाउँपालिकाको विकास र नागरिकको हित अभिवृद्धिको लागि हो भन्ने बुझेर नगर क्षेत्रभित्र आफूले व्यवसाय गरेपछि कानून बमोजिम व्यवसाय दर्ता गर्नु र तोकिएको कर तिर्नु जिम्मेवार, असल र सभ्य नागरिकको कर्तव्य रहेको अध्यक्ष विकले बताउनुभयो ।

गाउँपालिकाले उद्यमीको शीप र दक्षता अभिबृद्धि गर्न वडागत रूपमा मागमा आधारित शीप विकास तालिमहरू समेत सञ्चालन गर्दै आएको र यसप्रकार व्यवसाय करको माध्यमबाट गाउँपालिकाको हितमा प्रवद्वन गर्दै व्यावसायिक क्षेत्रको रूपमा विकास गर्ने गाउँपालिकाको उद्देश्यलाई सार्थक बनाउनको लागि सबै उद्यमी व्यवसायीहरूले नगरपालिकामा व्यवसाय दर्ता गरी आवश्यक साथ र सहयोगप्रदान गर्नुहुन समेत उहाँले आग्रह गर्नु भएको छ ।
व्यवसाय दर्ता तथा नविकरणअभियान” कार्यक्रम खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना,लेखा अधिकृत प्रदिप सुनार, वडा नम्बर १का वडा अध्यक्ष मनविर क्षेत्री, विभिन्न शाखा प्रमुखहरु,व्यवसायी लगाएतकाे उपस्थिति रहाेकाे थियोे । “व्यवसाय दर्ता तथा नविकरण अभियान खजुरा गाउँपालिकाका ८ वटै वडामा संचालन हुनेछ।