गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन् । उनले बिहान ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाउने भएका हुन् ।

राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठक बसालेका थिए । सो बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।

बैठकपछि सरकारकी प्रवक्ता एवम् ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले मुख्यमन्त्रीले आज बिहान ११ बजे राजीनामा दिने जानकारी गराइन् ।

गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् ।